आज बजारमा कस्ताे तरकारी तथा फलफूलकाे थाेक मूल्य ?

काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज सोमबार तरकारी र फलफूलको थोक मूल्य तोकिएको हो ।
समितिका अनुसार आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ६५ रूपैयाँ, टनेल सानो गोलभेडा प्रतिकेजी ५५ रूपैयाँ, रातो आलु प्रतिकेजी ३७.६७ रूपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ३७ रूपैयाँ, स्थानिय काउलि प्रतिकेजी ४२.५० रूपैयाँ, भन्टा लाम्चो प्रतिकेजी २७.६७ रूपैयाँ, तने बोडि प्रतिकेजी ६५ रूपैयाँ र मकै बोडी प्रतिकेजी ५५ रूपैयाँ थोक मूल्य निर्धारित गरिएको छ ।
त्यस्तै रायो साग प्रतिकेजी ४५ रूपैयाँ, चमसूरको साग प्रतिकेजी ७५ रूपैयाँ, प्याज हरियो प्रतिकेजी ५५ रूपैयाँ, कुरीलो प्रतिकेजी ४५० रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ७६.६७ रूपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रूपैयाँ, पुदीना प्रतिकेजी १७६.६७ रूपैयाँ, खु्र्सानी सुकेको प्रतिकेजी ३६७.५० रूपैयाँ, अकबरे हरियो खुर्सानि प्रतिकेजी ३२६.६७ रूपैयाँ र चिचिण्डो प्रतिकेजी २८.३३ रूपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ ।
हरियो अंगुर प्रतिकेजी १९० रूपैयाँ, कालो अंगुर प्रतिकेजी ३२६.६७ रूपैयाा, किवी प्रतिकेजी ४३० रूपैयाँ, रुख कटहर प्रतिकेजी ७५ रूपैयाँ, आभोकाडो प्रतिकेजी ५४० रूपैयाँ, जुनार प्रतिकेजी १९० रूपैयाँ कागती प्रतिकेजी २५० रूपैयाँ, अनार प्रतिकेजी ३२६.६७ रूपैयाँ, हरियो तरभुजा प्रतिकेजी ४५ रूपैयाँ, र लोकल काक्रो प्रतिकेजी २५ रूपैयाँ थोक मूल्य ताेकिएको कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले जनाएको छ ।