मनाङबाट सुरु भयो विद्युतीय पिकअपको हिमाली यात्रा, ‘म्याक्सस इ–टेरोन ९’ सार्वजनिक, मूल्य कति ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

मनाङबाट सुरु भयो विद्युतीय पिकअपको हिमाली यात्रा, ‘म्याक्सस इ–टेरोन ९’ सार्वजनिक, मूल्य कति ?



मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ–टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ ।

योसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । साथै नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ ।

नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको हो ।

‘म्याक्सस इ–टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३ हजार ५१९ मिटर अर्थात् ११ हजार ५४५ फिट उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

नेपालको इतिहासमै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको कम्पनीले जनाएको छ । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ ।

किन मनाङमा गरियो सार्वजनिक ?

हिमालय मोट्रक्सले म्याक्सस इ–टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो ।

कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

म्याक्सस इ–टेरोन ९, नवप्रवर्तन र शक्तिसँगको समायोजन

शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ–टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।

यसमा डुलल मोटर फोर डब्लूडी (अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट) छ । केबल ५.८ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा र उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ । यसमा १०२.२ किलोवाटको एलएफपी ब्याट्री छ भने अधिकतम दायरा ५६० किमि छ । यसलाई फास्ट चार्जिङ्ग मार्फत २० देखि ८० प्रतिशतसम्म ४२ मिनेटमै चार्ज गर्न सकिनेछ । ८ वर्ष वा २ लाख किमीको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।

यसको ग्राउन्ड क्लियरेन्स २६० एमएम (इलेक्ट्रिोनिक एअर सस्पेन्ससहित) छ भने सबै भूभागका लागि ड्राइभमोडहरु रहेको छ ।

हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित), डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ल, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल, प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका फिचरहरु छन् ।

यसमा २० वटा भन्दा बढी आधुनिक सुरक्षा फिचरहरु छन् । यूरो एनएसीएपि ५– स्टार रेटिङ, ९ वटा एयरब्याग, ३६० डिग्री सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट, एईबी, विएसएम, आरसीटीए, टीपिएमएस, अटो होल्ड आदि छन् । पहिलो चरणमा बुकिङ्ग गर्नेहरुका लागि यसको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्