तीनकुने घटनाको अनुसन्धान क्रम सकियो, केही दिनमै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरिसकेकाे र अबकाे केहि दिनमै सार्वजनिक गर्ने आयोगले बताएको छ ।
तीनकुने घटनामा मृत्यु भएका स्वर्गीय पत्रकार सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिएकी छिन् ।
खतिवडाले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिएकि छिन् । उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावहरू समेत आउने बताएकि छिन्।
प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गरेकी छिन् ।
अनुसन्धान अधिकृत मञ्जु खतिवडा भन्छिन् ‘‘अब तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेष्टिगेशन भन्दा पनि फाष्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो । उक्त घटनाको अनुसन्धान शुक्रबार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ । सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले जे देख्यौं, त्यो हामीले राज्यको ध्यानाकर्षण गराउँछौं । राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं ।