रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा « Arthapath.com
१२ असार २०८३, शुक्रबार

रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायधिससहितको इजालासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज सुनुवाइ हुने सम्भावना बढेर गएको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिदैँ आएको थियो । 

गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परे पछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्न उठाएकी थिइन्। 

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्