रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा, आज छुट्लान् त रवि ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा, आज छुट्लान् त रवि ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

मंगलबार यो रिट दोस्रो नम्बरमा सुनुवाइका लागि तोकिएको हो । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलास परेकाे लामिछानेकाे रिट आज सुनुवाइ हुने भएकाे छ ।

वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेपछि लामिछानेको इजलास हेर्न नमिल्ने सूचीमा पर्दै आएको हाे ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जुन आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्