क्यान महासङ्घकाे उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी छनोट « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

क्यान महासङ्घकाे उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी छनोट



काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ  (क्यान महासङ्घ)को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी छनोट भएका छन्।

महासङ्घको कार्यसमितिले ६ जना कार्यसमितिको सहमतिबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरिएको हो।

क्यानको विधानअनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्षमा छनोट गर्ने व्यवस्था रहेकोले कार्यसमितिको सर्वसम्मतबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरिएको हो।

२१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रियता छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दीपेन्द्र पौडेललाई सचिवमा छनोट गरेको छ।


प्रतिक्रिया दिनुहोस्