नवनियुक्त गभर्नर पौडेलले लिए सपथ, पदबहाली गर्न वालुवाटार प्रस्थान

काठमाडाैं । बुधबार नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट केहिबेर अघि सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न बालुवाटार केन्द्रिय कार्यालय प्रस्थान गरेका छन् ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले पौडेललाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेकाे हाे ।