लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथी आज पुन: सुनुवाइ हुदै « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथी आज पुन: सुनुवाइ हुदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज सुनुवाइ हुने भएको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको लामिछानेको रिट निवेदन सुनुवाइ नसिकदा हेर्दाहेर्दैमा राखिएको थियो तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलास परेकाले इजलास बस्न नसकी साे सुनुवाइ रोकिएको थियो ।

आजकाे सुनुवाइमा रवीको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् भने, त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुने भएको छ ।

सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस्