तीन अर्बको ऋणपत्र निष्कासन गर्न नेपाल एसबिआईलाई बोर्डको स्वीकृति

काठमाडौं । नेपाल एसबीआई बैंक ऋणपत्र जारी गर्ने भएको छ । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बैंकले स्वीकृति पाएको छ ।
बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत एसबीआई ऋणपत्र २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको हो ।
कुल इकाईमध्ये १ अर्ब २० करोड रुपैयाँको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड छ । ।