विर्तामोडमा नागरिकताकै भरमा ग्राहकले सहजै बजाज बाइक लिन मिल्ने

काठमाडाैं । बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक विर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म विर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबी अनुसार विर्तामोडमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् ।
वान स्टप मलअगाडि आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू ग्राहकले सजिलै मात्रामा किन्न सक्ने छन् ।