बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा ९ वटा निर्णय पारित

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा ९ वटा निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी उक्त बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकका गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति थप र नेपाली सेनाका महासेनानीको पदावधि थप र सुर्खेत बिकास समितिको स्वामित्वमा रहेको १२६५८.६० बर्गमिटर जग्गा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाइ उपलब्ध गराउन स्वीकृती दिने लगायतका निर्णय पारित सार्वजनिक भएका छन् ।
