नेपाल बैंकर्स संघले नवनियुक्त गभर्नर डा. पाैडेललाई भेट्याे « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

नेपाल बैंकर्स संघले नवनियुक्त गभर्नर डा. पाैडेललाई भेट्याे



काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारी समितिका पदाधिकारीले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलाई भेट गर्दै गभर्नर बनेकाेमा बधाई तथा शुभकामना प्रदान गरेकाे छ ।

उक्त अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।

नवनियूक्त गभर्नर पाैडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्