व्यवस्थापनमा अब्बल सिंगटी हाइड्रो इनर्जीले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

व्यवस्थापनमा अब्बल सिंगटी हाइड्रो इनर्जीले प्राप्त गर्‍यो आईएसओ प्रमाणपत्र



काडमाडाैं । नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ।

कम्पनीले विश्वप्रसिद्ध गुणस्तर मापदण्ड अनुसारको आईएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गरेको हो।

बेलायतस्थित स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको बोर्डद्वारा गरिएको मूल्यांकनपछि कम्पनीलाई यो प्रमाणपत्र प्रदान गरिएको हो। मूल्यांकनमा सिंगटी हाइड्रोको आर्थिक पारदर्शिता, प्रशासनिक दक्षता, कार्यसम्पादन क्षमता, परियोजना विकास, डिजाइन र निर्माण पक्षमा उच्च स्तरको सफलता देखिएको बोर्डले जनाएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्काका अनुसार, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु सिंगटी हाइड्रोको व्यवस्थापन उत्कृष्टताको प्रमाण हो।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको गहनापोखरीमा रहेको छ। दोलखाको सिंगटी खोलामा निर्माण गरिएको २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा रही, कम्पनीले विगत ४ वर्षदेखि व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ।

सिंगटी हाइड्रो धितोपत्र बजारमा सूचीकृत रहँदै पुँजी बजारमा समेत सक्रिय रहँदै आएको छ। ऊर्जा उत्पादनसँगै कम्पनीले गुणस्तरीय व्यवस्थापन र पारदर्शितामा समेत विशेष ध्यान दिएकाे जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्