हिमालयन लाइफको लाभांश घोषणा, कति बाँड्दैछ ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
अब उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात वितरण हुनेछ।