सार्वजनिक संस्थानमा सरकारको लगानी ७ खर्ब नाघ्यो, नाफा घट्दो क्रममा « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

सार्वजनिक संस्थानमा सरकारको लगानी ७ खर्ब नाघ्यो, नाफा घट्दो क्रममा



काठमाडौं । सरकारको सार्वजनिक संस्थानहरूमा लगानी ५.८६ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०–८१ मा सरकारले ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो ।

सो वर्ष संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ रहँदा खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ ।

४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा छन्। कुल सम्पत्ति २.२० प्रतिशतले बढेर २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्