प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानिय तहका लागि ८८ अर्ब ९७ करोड वित्तीय हस्तान्तरण

काठमाडौं । काठमाडौं । वित्तीय समानीकरण अनुदानका लागि प्रदेशका लागि ६० अर्ब ६६ करोड रकम छुट्याइएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी गराएका हुन् । यस्तै स्थानिय तहका लागि ८८ अर्ब ९७ करोड वित्तीय हस्तान्तरण गर्ने अर्थमन्त्री पौडेलले बताए ।