नारायाहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा « Arthapath.com
१० असार २०८३, बुधबार

नारायाहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा



काठमान्डौं । शुक्रबार काठमान्डौंको नारायाहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।

आज प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको सुचना प्रकासित गरेका छन ।

भोली जेठ १७ गतेदेखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्