लगातार बढ्दै सुनको मूल्य, आज एकैदिन २९०० वृद्धि « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

लगातार बढ्दै सुनको मूल्य, आज एकैदिन २९०० वृद्धि



काठमाडौं । नेपाली बजारमा गत शुक्रबारदेखि सुनकाे मूल्य लगातार बढिरहेको छ। मंगलबार पनि सुनकाे मूल्य एकेदिन २ हजार ९०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनकाे मूल्य प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँ कायम भएकाे छ ।

हिजो छापावाल सुन प्रतितोला १ हजार रूपैयाँले बढेर १ लाख ८८ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन २ हजार ४५ रूपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्