ट्रम्प र मस्कको टकरावले बीवाईडीको सेयर मूल्य किन घट्यो ?
काठमाडौँ । शुक्रबार चीनको सेयर बजार खुल्दाबित्तिकै कयौँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ ।
हङ्कङमा बजार खुल्नासाथै संसरको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी बीवाईडीको सेयर करीब २ प्रतिशत घटेको छ ।
यस्तै नियो र ली अटो जस्ता अरु धेरै कम्पनीहरुले सेयर मूल्यमा पनि गिरावट आएको छ । यसअघि अमेरिकी सेयर बजारमा टेस्लाको सेयरमूल्य १४ प्रतिशतभन्दा फराकिलो अन्तरले घटेको थियो ।
टेस्लाको भाउमा आएको उक्त भारी गिरावटका पछाडी उक्त कम्पनीका मालिक इलोन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच देखिएको मतभेद मुख्य कारण हुनसक्ने ठानिएको छ ।
यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएपछि केही चिनियाँ कम्पनीहरुको सेयर मूल्य बढ्न थालेको छ ।
त्यस्तै जापान र अस्ट्रेलियाको सेयर बजारमा पनि शुक्रबारे कारोबारले बढ्दो रफ्तार नै समातेको देखिन्छ ।













