आइतबार छापावाल सुनको मूल्य ३ हजारले घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा करिव एक सातादेखि निरन्तर बढीरहेको छापावाल सुनको मूल्यमा आइतबार भारी गिरावट आएको छ । गत शुक्रबार स्थिर रहेको छापावाल सुनको मूल्यमा ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९0 हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने ५ ले घटेको छ । गत शुक्रबार तोलामा २ हजार १५0 रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार १४५ रुपैयाँ कायम भएको छ