अमेरिकाले डिपोर्ट गरेका ५० नेपाली चार्टर्ड विमानबाट आज अपराह्न काठमाडौं आइपुग्दै « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

अमेरिकाले डिपोर्ट गरेका ५० नेपाली चार्टर्ड विमानबाट आज अपराह्न काठमाडौं आइपुग्दै



काठमाडाैं । अमेरिकाले अवैध आप्रवासी ठहर गर्दै एकसाथ ठूलो संख्यामा नेपालीहरुलाई डिपोर्ट गरेको छ ।

डिपोर्ट गरिएकाहरू थप ५० नेपालीहरु आज अपराह्न ४ बजेतिर काठमाडौं आइपुग्दै छन् । उनीहरु चाटर्ड बिमा मार्फत काठमाडौं आइपुग्ने भएका हुन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले एकसाथ ठूलो संख्यामा अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली आज काठमाडौं आइपुग्ने र उनीहरूलाई बुझ्‌नको लागि आवश्यक तयारी गर्नेबारे सूचना दिइएको नेपालको अध्यागमन कार्यालयले जनाएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि हालसम्म अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ । उनीहरू सबै नेपाल आइसकेका छन् ।

ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्