सर्वोत्तम सिमेन्टको संचालकमा खरेल

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नयाँ संचालकमा विनय खरेल नियुक्ति भएका छन् । उनी संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका हुन् ।
जेठ २३ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
सोही बैठककले संचालक उत्सव न्यौपानेले दिएको राजिनामा स्वीकृत गरेको छ ।