नेपाल बैंकका पूर्वअध्यक्ष डा. अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अधिकारीले भुसाल हस्पिटालिटीलाई बैंकबाट १ अर्ब ७७ कारोड २९ लाख कर्जा प्रवाह गराइदिएवापत १९ लाख घुस लिएको पुष्टि भएपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथी सोमबार विषेश अदालतमा भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको हो ।
डा. अधिकारीले रुपन्देहीको सिद्धार्थनगर १ बेलहियास्थित भुसाल हस्पिटालिटी अन्तर्गत र्याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनि उनले भारतीय एक नागरिकबाट १९ लाख घुस लिएको उजुरी परेपछि अख्तियारले उनीविरुद्धको अनुसन्धान पुरा गरी मुद्दा दायर गरेको हो ।
अधिकारीले घुसबापत भारतीय नागरिक खुस नसिब अन्सारी मार्फत १९ लाख रुपैयाँ लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
उनीसंगै अख्तियारले भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल र अमृत भुसालमाथि घुस दिएको आरोपमा मुद्दा दायर गरेको छ ।