निरन्तर छलफल जारी रहदा पनि सत्तापक्ष र प्रतिपक्षबिच समति नजुट्दा प्रतिनिधिसभाको बैठक बुधबारसम्म स्थगित

काठमाडौं । निरन्तर रुपमा छलफल जारी रहदा पनि सत्तापक्ष र प्रतिपक्षबिच संसद खुलाउनेबारे समति जुट्न नसक्दा आज पनि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
छलफलमा विपक्षीदलहरुले भिजिटभिसा प्रकरणमा गृहमन्त्रीको रमेश लेखकको राजीनामा मागबारे बैठक अवरोध गरेका हुन् ।
उक्त बैठक विपक्षी दलहरुले आफ्नो अडानलाई कुनै पनि हालतमा पछि नहुने बताएपश्चात बैठकलाई सभामुख देवराज घिमिरेले सूचना टाँसी बुधबार दिउसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।