काठमाडौं महानगरका पूर्व प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढल निकास सम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरू विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दामा परियारसँगै रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्यलगायत प्रतिवादी छन् । परियार मेयर बालेन शाहद्वारा नियुक्त विश्वासपात्र प्रशासकीय अधिकृत थिए ।