बागमती प्रदेश सरकारले ल्यायाे ६७ अर्ब ४७ करोडकाे बजेट (पूर्णपाठ) - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बागमती प्रदेश सरकारले ल्यायाे ६७ अर्ब ४७ करोडकाे बजेट (पूर्णपाठ)



काठमाडाैं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ६७ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बिनियोजन गरेका हुन् ।

बजेटमा चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रूपैयाँको बजेट विनियोजन गरिएको हो।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले भौतिक पूर्वाधारका लागि सबभन्दा बढी २४ अर्ब ८० करोड १९ लाख रूपैयाँ बजेट विनियोजन गरएको बताए।


प्रतिक्रिया दिनुहोस्