१० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट चलनचल्तिमा ल्याउने भएकाे छ । असार २ गतेदेखि १० काे नयाँ नाेट चलनचल्तीमा आउने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, र तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको छ।
त्यसैगरी, तल्लो भागमा “वि.सं. २०८१” लेखिएको श्रृंखला नम्बर देख्न सकिन्छ। पृष्ठ भागमा भने नोटको मध्य भागमा कृष्णसारको चित्र, माथिल्लो भागमा अंग्रेजीमा “NEPAL RASTRA BANK”, र तल्लो भागमा “RUPEES TEN” तथा “2024 A.D.” लेखिएको श्रृंखला नम्बर उल्लेख गरिएको छ।