गार्डिन माइक्रो लाइफको सेयर रजिष्ट्रार परिर्वतन, अब हिमालयन इन्भेष्टमेन्ट बैंकरले काम गर्ने « Arthapath.com
३ असार २०८२, मंगलबार

गार्डिन माइक्रो लाइफको सेयर रजिष्ट्रार परिर्वतन, अब हिमालयन इन्भेष्टमेन्ट बैंकरले काम गर्ने



काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सोयर रजिष्ट्रार परिर्वतन गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि अब हिमालयन इन्भेष्टमेन्ट बैंकरले गर्नेछ ।

कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर मार्फत हुनेगरि सम्झौता भएको छ ।

सम्झौता पत्रमा हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जवरा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्