संस्थापक सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ ।
बैंकले आफ्ना सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । यद्यपि, के कति सेयर बिक्री गर्न लागेको भने खुलाएको छ ।
उक्त सेयर गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार ४ गते) ले ३५ दिन बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा दिनुपर्नेछ ।
तोकिएको उक्त म्यादमा संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।