इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेशन सुरु « Arthapath.com
४ असार २०८२, बुधबार

इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेशन सुरु



काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किँदै जाँदा विभिन्न देशले आफ्ना नागरिकको उद्धार थालेका छन् । यस्तैमा नेपालले पनि पहल अघि बढाएको छ ।

इजरायलको तेल अवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन प्रक्रिया सुरु गरेको हो ।

युद्धपछिको जटिल परिस्थितिमा त्रास वा समस्यामा परेका नेपालीको अवस्थाबारे तथ्यांक संकलन गरिने उल्लेख छ । दुतावासद्वार जारी सूचनाअनुसार इच्छुक नेपालीले दूतावासले सार्वजनिक गरेको वेब लिंकमार्फत आफ्नो विवरण दिन सक्नेछन् ।

हाल इजरायलमा साढे ५ हजार नेपाली रहेको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्