प्रिमियममा आइपीओ ल्याउँदै सिम्रिक एयर « Arthapath.com
५ असार २०८२, बिहीबार

प्रिमियममा आइपीओ ल्याउँदै सिम्रिक एयर



काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा समेत बोलाएको छ ।

कम्पनीले आगामी असार २५ गते वार्षिक साधारण सभा बोलाएको हो । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेश हुने छ । यसका साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित पनि गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्