विजय लघुवित्तका तीन संस्थापक बेच्दैछन् सेयर, कसले कति कित्ता ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सुलोचना न्यौपानेको नाममा रहेको १३ हजार ७१४ कित्ता, कृष्ण प्रसाद पौडेलको ८ हजार ३१४ र अजय कुमार पटेलको २ हजार ४०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजै (असार ५ गते) मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय धुलिखेलमा आइपुग्ने गरि दिनुपर्नेछ ।
तोकिएको उक्त समयमा विद्यमान संस्थापकहरुले आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति-संस्थामा बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।