झन्डै साढे २ करोडको आइपीओ ल्याउँदै स्वस्तिक लघुवित्त, बोर्डबाट पायो अनुमति

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । झन्डै साढे २ करोड बराबरको आइपीओ जारी गर्न कम्पनीले अनुमति पाएको छ ।
२ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो ।
कम्पनीले चुक्तापुजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको साधारण सेयरको सार्वजनिक गर्नेछ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।