को हुन् मेरो माइक्रोफाइनान्सबाट संस्थापक सेयर बेच्न लागेका सात सेयरधनीहरु ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

को हुन् मेरो माइक्रोफाइनान्सबाट संस्थापक सेयर बेच्न लागेका सात सेयरधनीहरु ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ७ जना सेयरधनीको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक समूह तर्फका १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार सेयरधनी राहुल कुमार टिवरेवालाको नाममा रहेको ५२ हजार १३९ कित्ता, कवि कुमार टिवरेवालाको ५२ हजा १३९ कित्ता, विवेक अग्रवालको २० हजा ८५६ कित्ता, शुशिला देवि अग्रवालको १५ हजार ७४६ कित्ता, आशिश राज पाण्डेको र श्रीजेश घिमिरेको समान १० हजार ५३२ र सिअन होल्डिङ कम्पनीको १० हजार ४२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुदे आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० देखि ३४० रुपैयाँसम्म ताकिएको छ ।

उक्त सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको सीतापाइलास्थित संस्थाको सम्पर्क कार्यालयमा दिन सकिने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्