२ करोड ३१ लाख रुपैयाँको बराबरको आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त, बोर्डले दियो अनुमति

काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काषन गर्ने गर्ने भएकाे छ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई आईपीओ बिक्री गर्न अनुमति दिएको हाे।
संस्थाले अंकितमूल्य १०० रूपैयाँमा २ करोड ३१ लाख रुपैयाँको बराबरीमा २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।
यसकाे सयर निष्काशन तथा बिक्रि प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेकाे छ।