२ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक



सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ६ गते ‘एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त गरेको हो।

बोर्डले बैंकलाई प्रति कित्ता रु १ हजार अंकित दरका २५ लाख कित्ता, कुल रु २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको हो।

१० वर्ष अवधि भएको यो ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गरिनेछ। ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापन एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।


प्रतिक्रिया दिनुहोस्