प्रभू महालक्ष्मी लाइफको संचालकमा पराजुली

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा शमशेर पराजुली नियुक्ति भएका छन् ।
गत शुक्रबार (असार ६ गते) बसेको संचालक समितिको बैठकबाट पराजुलीलाई सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि संचलाकमा नियुक्ति गरेको हो ।
यसअघि लिवर्टी होल्डीङ्गस प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएका शंकर गौतमलाई फिर्ता बोलाइएको छ ।