दरमखोला हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन सकिने « Arthapath.com
९ असार २०८२, सोमबार

दरमखोला हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । दरमखोला हाइड्रो इनर्जी कम्पनीकाे आइपीओमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो।

कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको छ भने, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँका दरले २ लाख ९१ हजार ९५० कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ।

कम्पनीको साधारण सेयरका लागि मुसीकोट नगरपालिका, गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा असार २३ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २३ गतेभित्र आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।


प्रतिक्रिया दिनुहोस्