छुट्ला है एलआइसी नेपालको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१५ असार २०८२, आईतबार

छुट्ला है एलआइसी नेपालको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी असार ३० गते साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि अर्थात् असार १६ गते बुक क्लोज गर्ने भएको छ । सोही कारण आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्