तेह्रथुम पावर शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने « Arthapath.com
१६ असार २०८२, सोमबार

तेह्रथुम पावर शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअनुसार, हालको १ कित्ता शेयरका सट्टा नयाँ १ कित्ता हकप्रद शेयरको अनुपातमा कुल ४० लाख कित्ता शेयर जारी गरिनेछ, जसको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ रहनेछ। कुल हकप्रद शेयर निष्कासन रकम ४० करोड रुपैयाँ हुनेछ।

यसका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। त्यसअघिको जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म हुनेछ।

यस हकप्रद निष्कासनको रेटिङ्ग इक्रा नेपालले गरेको हो, जसअनुसार कम्पनीले इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी पाएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्