बेष्ट फाइनान्सको अध्यक्षमा गौतम, नयाँ संचालकमा को-को ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संचालक समिति गठन गरिएको छ । कम्पनीको अध्यक्षमा प्रा.डा. रामजी गौतम चयन भएका छन् ।
असार १९ गते बिहान बसेको संचालक समितिको बैठकबाट गौतमको नेतृत्वमा नयाँ संचालक समिति गठन गरिएको हो ।
कम्पनीको संचालकमा संस्थापक समूहको तर्फबाट सुशिला खनाल र रामचन्द्र देवकोटा र सर्वसाधारणको तर्फबाट खिमलाल पौडयाल, विष्णु प्रसाद ज्ञवाली र रामलाल श्रेष्ठ चयन भएका छन् ।
यता, वौद्धराज अर्याल भने स्वतन्त्र संचालकमा नियुक्ति भएका छन् ।