नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ६ गतेदेखि बिक्री खुला

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले १० कित्ता बराबरमा ३.४७८३ कित्ता को अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ।
हकप्रद शेयरका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको छ। त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर खरीद गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति साउन २६ गते तोकिएको छ।
यस निष्काशनको रेटिङ्गको सन्दर्भमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन ए माइनस ९क्ष्च्ल् ब्(०’ रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई उच्च सुरक्षा स्तर भएको संकेत गर्दछ।