सलिकोको परिपालन अधिकृतमा मुख्य प्रबन्धक खड्का
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले परिपालन अधिकृत नियुक्ति गरेको छ ।
कम्पनीले मुख्य प्रबन्धक आनन्द बाबु खड्कालाई परिपालन अधिकृतमा नियुक्ति गरेको हो ।
बीमा ऐन, २०७९ को दफा ७० उपदफा (२) तथा बीमकको संस्थागत सुशासन सम्वन्धी निर्देशिका, २०८० को दफा १९ (१) बमोजिम खड्कलाई सो पदमा नियुक्ति गरेको हो ।
खड्काले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।













