शाइन रेसुङ्गा डेभलपमेण्टले १ अर्बको ऋणपत्र निष्कासन गर्ने, असार ३२ गतेदेखि बिक्री खुला « Arthapath.com
२४ असार २०८२, मंगलबार

शाइन रेसुङ्गा डेभलपमेण्टले १ अर्बको ऋणपत्र निष्कासन गर्ने, असार ३२ गतेदेखि बिक्री खुला



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि मिति तय गरेको छ ।

बैंकले आउँदो असार ३२ गतेदेखि १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र गर्नेछ । त्यसमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट हुनेछ ।

सामूहिक लगानी कोषहरुका लागि भने सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र छुट्याइएको छ ।

ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन साउन ४ गते र ढिलोमा साउन १४ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्