पूर्वराजा ज्ञानेन्द्रको कम्पनीले सोल्टी होटलको सेयर थप्दै ८४ लाख कित्ता सेयर, प्रतिकित्ता रु ५६ मा बिक्री « Arthapath.com
११ आश्विन २०७७, आईतवार

पूर्वराजा ज्ञानेन्द्रको कम्पनीले सोल्टी होटलको सेयर थप्दै ८४ लाख कित्ता सेयर, प्रतिकित्ता रु ५६ मा बिक्री



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसहितको परिवारको कम्पनीले सोल्टी होटलको शेयर स्वामित्व बढाएको छ । हङ्कङको होलिडे इन्भेष्टमेन्टको शेयर पुर्व राजपरिवारको सोल्टी इन्टरप्राइजेजले खरिद गरेको हो । कम्पनीले खरिद गरेको शेयर मध्ये आइतबार दोस्रो बजारमा ८४ लाख २५ हजार कित्ता शेयर कारोबार भएको हो ।

दुई पक्षबीच उद्योग विभागमा ‘सेल्स पर्चेज एग्रिमेन्ट’ संझौता भएपछि दोस्रो बजारमा कारोबार भएको हो । सोल्टी इन्टरप्राइजेजले ५६.०६ रुपैयाँको दरमा खरिद बिक्री गरेको हो ।

आइतबार इन्टरप्राइजेजले होलिडे इन्भेष्टमेन्टको १० प्रतिशत शेयर खरिद गरेको हो । हाल सोल्टी इन्टरप्राइजेजको ३९ प्रतिशत शेयर स्वामित्व रहेको छ । अहिलेको कारोबारपछि राजपरिवारको हिस्सा ४९ प्रतिशत पुग्नेछ ।

होटलको सहायक कम्पनीको रुपमा रहेको होलिडे इन्भेष्टमेन्टले आफ्नो लगानी फिर्ता लैजान लागेको हो । लगानी फिर्ता लगे पनि इन्भेष्टमेन्टको व्यवस्थापन भने कायमै रहनेछ । यस कम्पनीले विश्वका धेरै देशमा रणनीतिक साझेदारको रुपमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्