स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले वैदेशि रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले आफ्नो जारी पूँजीको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ बराबरका २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो।

उक्त सेयरमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक आवेदकहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्