नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीति केही बेरमै ‘लाइभ’
काठमाडाैं । आगामी आर्थिक वर्षको मौद्रिक नीति केहिबेर पछि लाईभ मार्फत सार्वजनिक गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक सकिएलगत्तै बसेको सञ्चालक समितिको निर्णयले मौद्रिक नीतिको मस्यौदा लगभग अन्तिम रुप पाएको हो।
गभर्नर डा विश्वनाथ पौडेलको कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक कार्यक्रमलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत लाइभ प्रशारण गर्ने तयारी गरेका छन्।
नीति सार्वजनिक गरेपछि उनले प्रेस कन्फरेन्स मार्फत विस्तृत जानकारी दिइने बैंकले जनाएको छ । पत्रकार सम्मेलन वालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनमा आज दिउँसो १:३० बजेपछि सुरु हुने छ।
वर्तमान आर्थिक चुनौती, महँगी नियन्त्रण, साना व्यवसायको वित्तीय पहुँच, र कर्जाको प्रवाहजस्ता विषयमा नीति केन्द्रीत हुने अपेक्षा गरिएको छ।













