नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरि भिन्ना–भिन्नै सम्झौता गरेको छ ।
विराट मेडिकल कलेज शिक्षण अस्पताल
यस सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५०% छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी÷इसीजी, सिटी स्क्यान ÷एमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू÷एनआईसीयू÷पिआईसीयूमा ५% छुट पाउनु हुनेछ ।
विराट नर्सिङ होम
साथै, सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकवर्गहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजी÷इसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयू÷एनआईसीयू÷पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५% छुट र सिटी स्क्यान÷एमआरआईमा ७५० सम्म छुट पाउनु हुनेछ ।
यस विशेष छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।
















