लघुवित्तको लाभांश वितरण सीमा पुनरावलोकन हुने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्तको लाभांश वितरण सीमा पुनरावलोकन हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण सम्बन्धी नीतिमा पुनरावलोकन गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमा वर्तमान लाभांश सीमा हेरफेर गरिने उल्लेख गरिएको छ।

गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार वर्तमानमा वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्ने व्यवस्थालाई फेरबदल गर्ने तयारी गरिएको हो ।

यसले लघुवित्तको नाफाको उपयोगमा सन्तुलन र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्