गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स एनपिएस राष्ट्रिय कार्ड स्विच तथा नेपाल-पेमा आवद्ध « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स एनपिएस राष्ट्रिय कार्ड स्विच तथा नेपाल-पेमा आवद्ध



काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच एनपिएस एनसिएस तथा डोमेस्टिक कार्ड योजना (नेपालपे) कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसीएचएलले हालै एनपिएस(एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपिएस-एनसिएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपिएस-एनसिएसलार्ई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी फाइनान्सहरु मध्येको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले देश भरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंक तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्